Rule 21
चलचित्र विकास बोर्डको गठन
(१) चलचित्रको विकास र प्रवद्र्धनको लागि देहाय बमोजिमको चलचित्र विकास बोर्ड गठन हुनेछ :-
(क) नेपाल सरकारद्वारा मनोनित व्यक्ति – अध्यक्ष
(ख) मन्त्रालयको प्रतिनिधि – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) ………..
(ङ) ………..
(च) चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू मध्येबाट मन्त्रालयबाट मनोनित तीन जना – सदस्य
(छ) मन्त्रालयको उपसचिव – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनित सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनित सदस्यले सन्तोषजनक काम नगरेको भन्ने लागेमा नेपाल सरकारले त्यस्तो सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।
(३) बोर्डले चलचित्रको क्षेत्रमा काम गरेको कुनै विशेषज्ञ व्यक्तिलाई बोर्डको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।